जर्मन सुपर कपको उपाधि म्युनिखलाई

प्रज्जवल थापा ।

जर्मन कपको उपाधि बायर्न म्युनिखले जितेको छ । बुधबार राति भएको खेलमा बायर्न म्युनिखले डर्टमण्डलाई ३ २ गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । बायर्नको मैदान एलिनाज एरिनामा भएको खेलमा बायर्नलाई जित दिलाउन कोरेन्टिन टोलिस्सो, थोमस मुलर र किम्मिचले गोल गरे ।

डर्टमण्डका लागि जुलियन ब्रेन्ड्ट र इर्लिङ हल्याण्डले गरेको गोल सान्त्वनामा सीमित रह्यो । खेलमा अग्रता भने घरेलु टोलीले लिएको थियो । खेलको १८ औं मिनेटमा टोलिस्सोले गोल गर्दै घरेलु टोलीलाई अगाडि बढाए । ३२ औं मिनेटमा थोमस मुलरले एल्फान्सो डेभिसको पासमा गोल गर्दै बायर्नलाई २ -० ले अगाडि बढाएका थिए । सुरुवाती ३२ मिनेटमा नै २ गोलले पछि परेको बायर्नले खेलमा हार भने मानेन । ३९ औं मिनेटमा हल्याण्डको पासमा ब्रान्ड्टले गोल गर्दै डर्टमण्डलाई खेलमा फर्काएका थिए ।

यस्तै दोस्रो हाफको ५५ औं मिनेटमा डेलानेको पासमा हल्याण्डले गोल गर्दै डर्टमण्डलाई बराबरीको स्थितिमा ल्याएका थिए । ८२ औं मिनेटमा बायर्नका किम्मिचले गोल गर्दै घरेलु टोलीलाई फेरि खेलमा अगाडि बढाएका थिए । त्यसपछि दुबै टोलीबाट गोल हुन नसक्दा बायर्न म्युनिखले उपाधि जितेको हो । बायर्न म्युनिखले अघिल्लो हप्ता युरोपियन सुपर कपको उपाधि पनि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *