जर्मन सुपर कपमा बायर्न र डर्टमण्ड भिड्दै

प्रज्जवल थापा ।

जर्मन सुपर कपको लागि आज दुई ठूला क्लब बायर्न म्युनिख र डर्टमण्ड भिड्दै छन्। यस सिजन यी दुई टोली बायर्न र डर्टमण्ड पहिलो पटक आमनेसामने हुन लागेका हुन् । अघिल्लो सिजन घरेलु उपाधि र च्याम्पियनस लिग उचालेको म्युनिख सिजनको दोस्रो उपाधि जित्न चाहन्छ ।

बायर्न म्युनिखले यही महिनाको सुरुवातमा स्पेनिस क्लब सेभिल्लालाई पराजित गर्दै युरोपियन सुपर कपको उपाधि जितेको थियो । यता डर्टमण्ड भने बायर्नलाई पराजित गर्दै सिजनको पहिलो उपाधि जित्ने सुरमा हुनेछ । जर्मन बुन्डेसलिगा अन्तर्गत दुवै टोली आफ्नो पछिल्लो खेलमा पराजित भएका थिए ।

डर्टमण्ड अग्सबर्गसित २-० ले पराजित भएको थियो भने बायर्न म्युनिख होफेनहेमसित ४- १ गोल अन्तर पराजित भएको थियो । त्यसैले पनि यी दुई टोली पछिल्लो हारलाई बिर्सिदै उपाधि जित्ने दाउमा हुनेछन् ।

यी दुई टोली बीचको अन्तिम ३४ भेटमा बायर्न म्युनिखले १६ खेल जितेको छ भने डर्टमण्डले १२ खेलमा जित दर्ता गर्न सफल भएको छ । बाँकी ६ खेल बराबरीमा सकिएको छ । खेल नेपाली समय अनुसार राति १२ः१५ बजे सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *