आइपिएलमा सनराइजर्सको पहिलो जित

  • 2
    Shares

प्रज्जवल थापा

इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैराबादले पहिलो जित दर्ता गरेको छ । मंगलबार राति भएको खेलमा सनराइजर्स हैराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ । शेख जायद रंगशालामा भएको खेलमा टस हारी ब्याटिङको निम्तो पाएको सनराजर्स हैराबादले पूरा २० ओभर खेल्दै ४ विकेटको क्षतीमा १६२ रन बनाउन सक्यो।

हैरबादको लागि ब्रेस्टोले सार्वधिक ५३ रन जोडे। उनले ४८ बलमा २ चौका र एक छक्का प्रहार गरे । हैरबादलाई कप्तान डेभिड वार्नर र ब्रेस्टोले राम्रो सुरुवात दिलाएका थिए । अमित मिश्राको बलमा आउट हुनुअघि वार्नरले ३३ बलमा ४५ रन जोडे । उनले ३ चौका र २ छक्का प्रहार गरे।

त्यसपछि ब्याटिङमा आएका मनिस पाण्डे ३ रनम आउट भए। यस्तै सिजनको पहिलो खेल खेलेका केन विलियम्सनले २६ बलमा ५ चौकाको सहयोग ४१ रन जोड्दै हरबादको इनिङ्स उकासे। अन्त्यमा अब्दुल सहमदले १२ र अविशेक शर्मा १ रन बनाएर नट आउट रहे ।

दिल्लीका लागि रबडाले ४ ओभरमा २१ रन खर्चेर २ विकेट लिदा अमित मिश्राले ४ ओभरमा ३५ रन दिएर २ विकेट लिए । १६३ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेटको क्षतिमा मात्र १४७ रन बनाउन सक्यो । दिल्लीका लागि शिखर धवन र रिशव पन्त बाहेक अन्य ब्याट्सम्यानले गतिलो स्कोर बनाउ सकेनन् ।

इनिङ्सको पहिलो ओभरमै पृथ्वी सहलाई २ रनमा गुमाएको दिल्लीले दोस्रो विकेटको रुपमा कप्तान श्रेयस आएरलाई गुमायो । कप्तान १७ रन बनाएर आउट भए । यस्तै अर्का ओपनर शिखर धवन ३१ बलमा ४ चौकाको सहयोगमा ३४ रन जोडेर पभिलियन फर्किए ।

धवन आउट भएपछि दिल्लिको इनिङ्स पन्त र हेट्मायरले समाल्ने प्रयास गरेका थिए। १६ ओभरको पहिलो बलमा हेटमायर भुवेश्वर कुमारको बलमा मनिष पाण्डेको बलमा आउट भए। उनले १२ बलमा २ छक्का सहित २१ रन जोडे। यस्तै आर्को ओभरमा रिशव पन्त २८ रन जोडेर आउट भएपछि दिल्लीको खेल जित्ने आशा पातलिएको थियो।

उनले २७ बलामा २ छक्का र १ चौकासहित २८ रन जोडे । मार्कुस स्टोनिसले ११ र रबडाले १५ रनको योगदान गरेपनि टोलीलाई जित दिलाउन सकेनन् ।

सनराजर्सको लागि रसिद खानले उत्कृष्ट बलिङ गर्दै १४ रन दिएर ३ विकेट लिए । भुवेश्वर कुमारले ४ ओभरमा २५ रन दिएर २ विकेट लिए। यस्तै खलिल अहमद र नतार्जनले १-१ विकेट लिए ।


  • 2
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *