सुपर ओभरमा बैंगलोरको रोमाञ्चक जित

  • 6
    Shares

प्रज्जवल थापा। इन्डियन प्रिमियर लिग(आईपिएल) मा भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले रोमाञ्चक जित निकालेको छ।
आइतबार भएको खेलमा बैंगलोरले मुम्बई इन्डियन्स माथी सुपर ओभरको अन्तिम बलमा जित निकालेको हो।
टस हारी ब्याटिङको निम्तो पाएको बैंगलोरले २० ओभर खेल्दै ३ विकेटको क्षतिमा २०१ रन बनाएको थियो। बैंगलोरको लागि एबिडी भिल्लार्सले सार्वधिक ५५ रन जोडे। उनले २४ बलमा ४ चौका र ४ छक्का प्रहार गरे। यस्तै दुवै ओपनरले अर्धसतक पूरा गर्न कप्तान विराट कोइलीको खराब फर्म जारी रह्यो।
देभदत्त पडिक्कलले ४० बलमा ५ चौका र २ छक्काको मद्दतमा ५४ रन जोडे। आर्का ओपनर फिन्चले बोल्टको बलमा आउट हुनु अघि ३५ बलमा ५२ रनको योगदान गरे। यस्तै कोइलीको खराब फर्म जारी रहदा ११ बलमा ३ रन जोडेर राहुल चहारको बलमा रोहित शर्माबाट क्याच आउट भए। सिभम डुबेले १० बलमा ३ छक्का र १ चौकाको मद्दतमा २७ रन जोडे।
मुम्बई इन्डियन्सको लागि बोल्टले ४ ओभरमा ३४ रन खर्चिदै २ विकेट लिए। राहुल चहारले ४ ओभरमा ३१ रन दिएर १ विकेट लिए।
जवाफी ब्याटिङमा २०२ रनको विजयी लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेको क्षतिमा २०१ रननै बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो। मुम्बईको लागि इसान किसान र काइरन पोलार्डले उत्कृष्ट ब्याटिङ गरेपनी जित दिलाउन सकेनन्।
इसान किसान सतक बनाउन मात्र एक रनले चुके। उनी ५८ बलमा ९ छ्क्का र २ चौकाको मद्दतमा ९९ रन बनाएर उडानाको बलमा क्याच आउट भए। काइरन पोलार्ड २४ रनमा ५ छक्का र ३ चौकाको मद्दरमा ६० रन बनाएर नट आउट भए।
मुम्बईको सुरुवात भने राम्रो हुन सकेन कप्तान रोहित शर्मालाई वासिङ्टन सुन्दरले ८ रनमा आउट गरेका थिए।
अर्का ओपनर डि ककपनि १४ रन बनाएर चहालको बलमा क्याच आउट भए। सुर्यकुमार यादव सुन्य रनमा उडानाको बलमा आउट भएपछि मुम्बई ३९(३ को स्थितिमा आएको थियो। यस्तै हार्दिक पाण्डय १५ रन जोडेर जाम्पाको बलमा आउट भएपछि मुम्बईको इनिङ्स पोलार्ड र किसानले समाल्हेका थिए। अन्तिम बलमा जितको लागि ५ रन चाहिएको स्थितिमा पोलार्डले चौका प्रहार गर्दै खेल सुपर ओभरमा धकेलेका थिए।
बैंगलोरको लागि इर्सु उडानाले ४ ओभरमा ४५ रन खर्चेर २ विकेट लिए युज्भेन्द्र चहालले ४ ओभरमा ४८ रन खर्चेर १ विकेट लिए। एडम जाम्पाले ४ ओभरमा ५३ रन खर्चेर १ विकेट लिदा सुन्दरले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १२ रन दिएर १ विकेट लिए।
सुपर ओभरमा बैंगलोरले बलिङको जिम्मा नप्दिप सैनिलाई दिएको थियो। मुम्बईको लागि ब्याटिङमा पाण्डय र पोरार्ड उत्रिएका थिए। पहिलो ३ बलमा दुई रन मात्र दिएका सैनिको चौथो बलमा पोलार्डले चार रन हाने।
पाँचौ बलमा पोलार्ड आउट भएपछि मुम्बईले १ ओभरमा ७ रन मात्र बनाउन सक्यो। ८ रनको विजयी लक्ष्य पछ्याएको बैंगलोरको लागि कोइली र एभिडी भिल्लर्स मैदानमा उत्रिएका थिए। पहिलो ३ बलमा मात्र २ रन दिएका बुम्राले चौथो बलमा भिल्लर्सले चौका प्रहार गरे। अर्को बलमा १ रन जोड्दै कोइलिलाई स्ट्राइक दिएपछि अन्तिम बलमा १ रन हान्दै कोइलीले बैगलोरलाई जित दिलाए।
यससँगै बैंगलोर ३ खेलमा २ जित र एक हारसँगै ४ अङ्क जोडेर तेस्रो स्थानमा उक्लिएको छ। यस्तै मुम्बई २ अङ्कसहित पाँचौ स्थानमा छ। आज हुने खेलमा दिल्ली क्यापिटल्सले सनराज हैरबादको सामना गर्नेछ।


  • 6
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *