अनसनरत डा. केसीको स्वास्थ्य कमजोर, सरकार मौन

काठमाडौँ । विभिन्न माग राखेर १४ दिनदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य कमजोर हुँदै गएको चिकित्सकहरुले बताएका छन् । जनस्वास्थ्य र मेडिकल शिक्षामा सुधार तथा सुशासनको माग राखेर अनसन बसेका डा केसीमा हातखुट्टा बाउँडिने समस्या देखिन थालेको छ ।

१९ औँ पटक सत्याग्रहमा बसेको डा. केसीले आफूले राखेको माग पूरा गर्न भन्दै शुक्रबार भिडियो सन्देशमार्फत प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका थिए । तर आजसम्म सरकारका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन ।

डा. केसीले २९ भदौदेखि यसपटकको अनसन जुम्लाबाट अनशन सुरु गरेका थिए  । स्वास्थ्यमा समस्या देखिन थालेपछि नवौँ दिन काठमाडौँ आएका उनले शिक्षण अस्पताल महाराजगंजमा अनशन जारी राखेका छन्  ।

यसैबीच डा. केसीको पक्षमा काठमाडौंको माइतीघरमा शनिबार प्रदर्शन गरिएको छ । प्रदर्शनमा उत्रेका केहीलाई प्रहरीले गरिफ्तार गरेको थियो । उता सोलिडारिटी फर डा. केसी एलायन्सले पनि उनको जीवनरक्षाको माग गरेको छ । एलायन्सका संयोजक डा जीवन क्षेत्रीले माग पूरा गरेर डा. केसीको जीवनरक्षा गर्न थप कडा आन्दोलनका कार्यक्रम ल्याउने बताएका छन्  । विज्ञप्ति जारी गर्दै डा क्षेत्रीले सरकारले केसीको माग पूरा गर्न र जीवनरक्षा गर्न कुनै कदम नचालेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *