प्रिमियर लिगमा आज दुई खेल हुँदै

-प्रज्जवल थापा

तनहुँ । इङलिस प्रिमियर लिगको दोस्रो दिन आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा लेस्टर सिटिले वेस्ट ब्रोमको सामना गर्दैछ । यस्तै दोस्रो खेलमा एभर्टनले लण्डन क्लब टोटेन्हामको सामना गर्नेछ ।

दुवै टोलीको लागि लिगको पहिलो खेल हुनेछ । टोटेन्हामको रंगशालामा हुने खेलमा दुवै टोली जितको लागि संघर्ष गर्ने छन् । टोटेन्हाम एभर्टनविरुद्धको पछिल्ला १५ खेलमा अपराजित रहेको छ । उसले अपराजित यात्रालाइ निरन्तरता दिन प्रयास गर्ने छ । एभर्टनले टोटेन्हाम विरुद्धको २५ खेलमध्ये जम्मा ३ खेलमा जित निकाल्न सकेको छ ।

दुवै खेलको प्रत्यक्ष प्रशारण भारतीय च्यानल स्टार स्पोर्ट्सले गर्नेछ ।

खेलको समय तालिका (नेपाली समय)

वेस्ट ब्रोम विरुद्ध लेस्टर सिटि (बेलुकी ६ः४५ बजे)

टोटेन्हाम विरुद्ध एभर्टन (राति ९ः१५ बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *