बाढीपीडितलाई छिमेकी गाउँपालिकाको सहयोग

बागलुङ । बडिगाड गाउँपालिकाले छिमेकी ढोरपाटन नगरपालिकाका बाढी प्रभावित परिवारका लागि रु । चार लाख १३ हजार ५०० राहत प्रदान गरेको छ । सो राहत रकम आज ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष मेहरसिँह पाइजाले बताए । ।
उनका अनुसार जनप्रतिनिधिबाट उठेको रु । एक लाख १३ हजार ५०० र कर्मचारीको तर्फबाट सङ्कलित रु । एक लाखमा गाउँपालिकाको तर्फबाट रु दुई लाख थप गरी राहत सहयोग गरिएको हो । गाउँपालिकासहित अन्य सङ्घसंस्था, व्यवसायीलगायतबाट गरी बडिगाडबाट झण्डै रु १० लाख बराबरको राहत गएको अध्यक्ष पाइजाको भनाइ छ ।

गत बुधबार राति भुजीखोलामा आएको बाढीले जनधनको क्षति पु¥याएको थाहा पाउनसाथ अध्यक्ष पाइजासहित बडिगाडबाट पुगेको टोली उद्धार र राहतमा समेत खटिएको थियो । यसअघि ताराखोला गाउँपालिकाले रु । दुई लाख ३० हजारबराबरको राहतस्वरुप त्रिपाल, भाँडाकुँडा, खाद्यान्न र प्राथमिक उपचारमा प्रयोग हुने औषधि प्रदान गरेको थियो ।

सरकारी निकायसँगै जनस्तरबाट समेत बाढी प्रभावितको राहतका लागि अग्रसरता बढाइएको छ । ढोरपाटन नगरपालिकाका उपप्रमुख करमती पुनले विपद्को घडीमा सबैको हातेमालो चाहिने बताउँदै सङ्कलित राहतलाई एकद्वार प्रणालीमार्फत प्रभावित परिवारलाई वितरण गरिने प्रतिबद्धता जनाए । बाढीले ढोरपाटन नगरपालिका–९, ८ र ७ मा ठूलो क्षति पु¥याएको छ । बाढीमा परी १७ जनाको ज्यान गएको छ भने २१ अझै बेपत्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *