ड्युटिमा खटिएका प्रहरीमाथि हातपात गरेको आरोपमा मुद्दा

स्याङ्जा । प्रहरीले काममा खटिएका सुरक्षाकर्मीमाथि हातपात गरेका आरोपमा एक युवकलाई पक्राउ गरी मुद्दा चलाएको छ । वालिङ नगरपालिका –८ स्थित वालिङ मोडमा खटिएका प्रहरी हवल्दारमाथि हातपात गरेका आरोपमा वालिङ नगरपालिका ६ घर भई वालिङ –८ मा बस्दै आएका २७ वर्षीय प्रतीक गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अभियुक्तमाथि सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरूद्धको कसूरअन्तर्गत अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयबाट आइतबार १५ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शुक्रबार राति प्रहरी हवल्दारले राति हिँडडुल नगर्न आग्रह गर्दा मदिरा सेवन गरेका गुरुङले कुटपिट गर्नाका साथै प्रहरीको बर्दीसमेत च्यातिदिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *