मल आयातमा ढिलाई गर्ने दुई कम्पनीको ठेक्का रद्द, ९ करोड जमानत जफत

  • 381
    Shares

काठमाडौँ । सरकारले मल आयातमा ढिलाई गर्ने शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपलको ठेक्का सम्झौता रद्द गरेको छ ।

भदौ २० गतेसम्म आयात गरिसक्नु पर्ने मल आयात नगरेपछि ठेक्का रद्द गरी धरौटी रकम जफत प्रक्रीया अगाडी बढाइएको हो । शैलुङको करिब ४ करोड ८० लाख र होनिकोको करिब ४ करोड ८० लाख गरी करिब ९ करोड ६० लाख धरौटी जफत हुनेछ ।

५० हजार मेट्रिक टन युरिया मल ल्याउनका लागि पुस २८ र ४ माघमा गरिएको टेण्डरमा दुई कम्पनीले ठेक्का पाएका थिए । दुवै कम्पनीले गरेको ठेक्का सम्झौताअनुसार साउन १० गतेसम्म पहिलो लट तथा भदौ २० भित्र सबै मल ल्याइसक्नुपर्ने थियो ।


  • 381
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *