- 5Shares
काठमाडौँ । नेपालका एक मात्र अर्वपति विनोद चौधरी कोभिड(१९ संक्रमणबाट मुक्त भएका छन । उद्योगपति एवम् नेपाली कांग्रेसका सांसद चौधरीले आफू कोरोनामुक्त भएको समाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
उनले शनिबार राति ट्विट गर्दै १० दिनपछि आफू कोरोना भाइरस कोभिड–१९ बाट मुक्त भएको जनाएका हुन् । उनले भनेका छन्, ‘तपाईँहरुको उत्कृष्ट माया र प्रेरणाले मलाई १० दिनसम्मको एकान्तबासमा ठूलो उर्जा दियो । त्यही ऊर्जाका कारण म आज कोरोनाको संक्रमणबाट मुक्त भएको छु ।’
चौधरी (सिजी) ग्रुपका अध्यक्ष चौधरीलाई भदौ १२ गते कोभिड–१९ संक्रमण पुष्टि भएको थियो ।
- 5Shares