कुवेतमा घरेलु रक्सीकाे भट्टी चलाउने दुई नेपाली पक्राउ

काठमाडौँ । मदिराको कारोबार अबैध मानिएको कुवेतमा अबैध घरेलु रक्सी उत्पादन तथा बिक्री वितरण गरेको आरोपमा दुई नेपाली पक्राउ परेका छन् । कुवेतको अहमदी पुलिसले अपार्टमेन्टमा छापा मार्दा उनीहरु मदिरासहित पक्राउ परेको जनाइएको छ । महबुला उपमहानगरबाट पक्राउ गरिए पनि कुवेत प्रहरीले उनीहरुको नाम खुलाएको छैन ।

घरेलु मदिरा उत्पादन केन्द्रवाट मदिरा उत्पादनमा प्रयोग गरिने कच्चा पदार्थ, दर्जनौँ ब्यारेल (ड्रमहरु), केही उपकरण र बिक्रीका लागि तयारी अवस्थामा राखिएका मदिरासहित पक्राउ गरिएको स्थानीय पत्रकार योगेन्द्र योगीले जानकारी दिएका छन् ।

उनीहरुलाई कानूनी प्रकृया अघि बढाउन सम्बन्धित निकायमा पठाइएको प्रहरीले जनाएको छ । यसघि पनि कुवेत प्रहरीले मदिरा भट्टी सञ्चालन गर्ने एक महिलासहित केही नेपालीहरुलाई नियन्त्रणमा लिएको थियो । कुवेतमा मदिराको कारोबार अबैधानिक मानिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *