काठमाडौँ । सरकारले एआइजी मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) बनाउने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले दानबहादुर कार्कीलाई हटाएर केसीलाई आइजिपी बनाउने निर्णय गरेको हो ।
कार्कीलाई प्रधानमन्त्री बालेन साहको सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनले पार्टीको निर्देशनपछि महानिरीक्षक कार्कीको जिम्मेवारी फेरबदल गरिएको बताए ।
। पछिल्लो समय नेपाल प्रहरीमा कार्की र केसीबीच टकराव चलिरहेको थियो। कार्कीलाई गत वर्ष कात्तिक २४ मा सुशीला कार्की नेतृत्वको सरकारले आइजीपीमा नियुक्त गरेको थियो ।
यसअघि २०५३ सालमा पनि तत्कालीन गृहमन्त्री वामदेव गौतमले बहालवाला आईजीपी अच्युतकृष्ण खरेललाई राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा सरुवा गरेर ध्रुवबहादुर प्रधानलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गराएका थिए । अहिले सरकारको निर्णयले त्यसैको झल्को दिएको छ ।
