कोभिड–१९ विरुद्धको खोप युनिसेफ मार्फत

काठमाडौं । कोभिड–१९ विरुद्धको खोप खरिद तथा वितरण पहलको नेतृत्व युनिसेफले गरिरहेको छ ।

विभिन्न खोप उत्पादकहरूले खोप उपलब्ध गराउने प्रतिवद्वता व्यक्त गरिरहेको समयमा युनिसेफले कोभाक्स सुविधाको तर्फबाट न्यून आय भएका ९२ वटा देशहरूका लागि पिएएचओ कोषसंगको सहकार्यमा कोभिड–१९ विरुद्वको खोप खरिद गरि आपूर्ति गर्नेछ । यस कार्यकोलागि युनिसेफले विश्व स्वास्थ्य संगठन, गाभी, सिईपिआई, पिएएचओ, विश्व बैंक, बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेशन तथा अन्य साझेदारहरूसंग सहकार्य गर्नेछ। निकट भविष्यमै उपलब्ध हुने कोभिड–१९ विरुद्वको खोप प्राप्त गर्नबाट कुनै पनि देश वन्चित हुनु नपरोस् भनि कोभाक्स सुविधा सबै देशहरूका लागि खुल्ला रहेको छ।

युनिसेफका कार्यकारी निर्देशक हेनरिएटा फोरका अनुसार खोपका लागि सामुहिक कोशिश भैरहेकोले भविष्यमा उपलब्ध हुनासाथ सबै देशहरूले सुरक्षित, छिटो र समान वितरणको आधारमा खोप प्राप्त गर्नेछन् । युनिसेफ करिब १०० देशहरूको तर्फबाट नियमित खोप कार्यक्रम सहित महामारीको समयमा खोप उपलब्ध गराउनको लागि वार्षिक २ अर्बको संख्यामा खोप खरिद गर्ने विश्वकै ठुलो खरिदकर्ताको रूपमा रहेको छ। युनिसेफले गाभीको मुख्य खरिद साझेदारको रूपमा विगत २० वर्षमा ७६ करोड भन्दा बढी बालबालिकाहरूकालागि खोप उपलब्ध गराउंदै आएको छ । जसले गर्दा विश्वभरका मुलुकमा १ करोड ३० लाख भन्दा बढीलाई मृत्यु हुनबाट जोगाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *