सन्दीपको टीम जमैका सेमीफाइनलमा निश्चित

काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा नेपाली लेगस्पीनर सन्दीप लामिछाने सहभागी टोली जमैका तलवाज सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ । शुक्रबार बिहान बार्बेडोस पराजित भएसँगै आफ्नो खेलमा एक अंक हासिल पारेको जमैकाले सेमिफाइनलमा स्थान बनाएको हो ।

बिहिबार जमैका र सेन्ट किट्सबीचको खेल वर्षाले गर्दा दुबै टिमले १, १ अंक बाँडदै जमैकाले लिग अंक तालिकामा ७ अंक जोडेको थियो । लिगअन्तर्गत शुक्रबार बिहान सम्पन्न लिगको २६ औं खेलमा गायना अमेजन वारियर्सले बार्बेडोस ट्राइडेन्टलाई ६ विकेटले पराजित गरेसँगै सन्दीपको टिम जमैका दुई खेल अघिनै सेमिफाइनल पुग्न सफल रह्यो ।

ट्रिनिडाडस्थित ब्रायन लारा क्रिकेट स्टेडियममा सम्पन्न खेलमा बार्बेडोसले दिएको ९० रनको लक्ष्य गायनाले १४.२ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । उसका लागि शिमरन हेटमायरले अविजित ३२, चन्द्रपौल हेमराजले २९ तथा रस टेलरले अविजित १६ रन बनाउँदै गायनलाई जित दिलाउँदा बार्बेडोसको सेमिफाइनल यात्रा अन्त भएको थियो । डिफेन्डिङ च्याम्पियन बार्बेडोस लिगको सेमीफाइनल नपुग्दै बाहिरिएपछि जमैका तलावाज २ खेल बाँकी रहँदै सेमीफाइनलमा स्थान बनाउन सफल भयो । बार्बेडोससँगै सेन्ट किट्स एन्ड नेभिस पेट्रिएट्स पनि सेमीफाइनल पुग्न असफल रहे ।

बार्बेडोसले ९ खेल खेल्दा २ जित र ७ हार पछि ४ अंक बनायो । जमैकाको २ खेल बाँकी रहँदा ७ अंक भएकोले अब बार्बेडोसले आगामी खेल जिते पनि जमैकालाई पछि पार्न संभव छैन् । सेमीफाइनलमा पहिलो स्थानमा रहँदै ट्रिनबागो नाइटराइडर्स, गायना अमेजन वारियर्स, सेन्ट लुसिया जुक्स र जमैकाले स्थान पक्का गरेको छ । लिगको पहिलो सेमीफाइनल सेप्टेम्बर ८ मा अंकतालिकाको पहिलो स्थानमा रहने टिम (ट्रिनबागो) र चौथो स्थानमा रहने टिमबीच खेलिनेछ। दोश्रो सेमीफाइनल सेप्टेम्बर ९ तारिक बिहान अंकतालिकामा दोश्रो र तेश्रो हुने टिमबीच प्रतिष्पर्धा हुने छ । जमैकाको दुई खेल बाँकी भएकाले अहिलेनै कुन टिमसँग सेमिफाइनलमा प्रतिष्पर्धा गर्ने भन्ने तय हुन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *