भरतपुर । भरतपुर अस्पतालमा एक कोरोना सङ्क्रमित महिलाले जुम्ल्याहा छोरालाई जन्म दिएकी छन्।
शल्यक्रिया गरी दुई जुम्ल्याहा छोराको जन्म दिइएको थियो अहिले आमा र बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
गोरखा नगरपालिका–१० छेपेटारकी ३७ वर्षकी गर्भवतीमा भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।
