चेक बाउन्सपछि फरार रहेका घिमिरे पक्राउ

काठमाडौँ । चेक बाउन्सको मुद्दामा ८ महिनादेखि भाग्दै आएका भक्तपुर सुर्यबिनायकका बालकृष्ण घिमिरेलाई प्रहरीले पक्राउ गरेको छ । सोही मुद्दामा फरार रहेका कैलाली धनगढीका मनोज भण्डारी फरार रहेका छन् ।

विभिन्न व्यक्तिलाई अनेकन प्रलोभन देखाई रकम लिने र पैसा माग्न जाँदा उल्टै धम्की दिने गरेको पीडितहरुले बताएका छन् । हाल प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका घिमिरेले पीडितहरुलाई हिरासत कक्षबाट नै धम्की दिने गरेको पीडितहरुले बताएका छन् ।

दर्जनौ व्यक्तिबाट रकम लिरए फरार भएका उनीहरुलाई अहिले पनि हिमालयन डेकोर प्रालिले संरक्षण गर्ने गरेको गुनासो पीडितहरुले गर्ने गरेका छन । हिमालयन डेकोर प्रालिको आडमा उनीहरुले ठगी धन्दा चलाउदै आएको देखिएको र अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एक अधिकृतले जानकारी दिए ।

One thought on “चेक बाउन्सपछि फरार रहेका घिमिरे पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *