विस्कनसिन केनोसा गोलिकाण्डमा दुईको मृत्यु

न्युर्योक । अमेरिकाको विस्कनसिन राज्यको केनोसा भएको गोलिकाण्डमा दुईजनाको मृत्यु भएको छ । यसै सिलसिलामा १७ बर्षिय युवालाई हत्याको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मंगलबार साँझ बिरोध प्रदर्शनमा इलोनोईसका निवासी १७ बर्षिय युवालाई प्रथम श्रेणीको हत्याको आरोप लगाईएको छ । इलोनोइस एनटिअकका कायल रिटेनहाउस नामक युवा हुन ।

एनटिअक प्रहरीका अनुसार उनलाई पक्राउ पूर्जी जारी गरिएको र व्यापक खोजिएकोले उनि स्वयंमले आत्मसमर्पण गरेका थिए । उनले गोली चलाए पछि केनोसाबाट भागेका थिए ।

उनलाई हाल लेक काउन्टी हिरासतमा लिइएको छ भने उनलाई इलोनोइस बाट विस्कनसिन सुपुर्दगी गरिने छ । रिटेनहाउस स्थित अदालतमा शुक्रबार उपस्थित गराईने भएको छ ।

ज्याकोब ब्लेकको बिरोध प्रदर्शनमा एक जनाको टाउकोमा र अर्कलाई छातीमा गोली हानेका थिए । गत मंगलबार नै दुई जनाको मृत्यु भएको थियो भने एक जनालाई अस्पताल भर्ना गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *