बील नभएका सामग्रीसहित दुई भारतीय काठमाडौँमा पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका १४ सोल्टीमोडबाट बील नभएका विभिन्न समानसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत राजस्थान लक्ष्मणगढ घर भई काठमाडौँ ओमवहाल बस्ने ३६ वर्षीय राकेशकुमार र भारत राजस्थान सिमर घर भएका ५२ वर्षीय वनवारी चौधरी रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

उनीहरुको साथबाट ११२ थान मोबाइल, ३२० पिस विभिन्न मोवाइल डिसप्ले, ५९३ थान विभिन्न व्राण्डको ब्याट्री, १९ हजार ५०० थान घडीको ब्याट्री, छ हजार थान क्यालकुलेटर र पाँच थान मोवाइल डिसप्ले बोर्ड बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उक्त घटनाको विषयमा प्रहरीले अनुस्न्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *