काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ४९ जना प्रहरी उपरीक्षकको सरुवा गरेको छ ।
अनुरागकुमार द्विवेदीको प्रहरी प्रधान कार्यालय, अभिनारायण काफ्लेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, कृष्णकुमार महतको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर, कृष्ण प्रसाईको प्रदेश नम्वर २ प्रहरी कार्यालय जनकपुरमा सरुवा भएको छ ।





