पूजारी हत्याका दोषीलाई कडा कारवाहीको माग

काठमाडौं । रौतहट जिल्ला माधवनारायन नगरपालिका वडा नं.२ खेसरहीया स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको गोली हानि हत्या गरिएको गरिएको छ । रौतहटमा निषेधाज्ञा जारी भएको अबस्थामा हत्या भएको हो । साँझको नियमित पूजा सकेर खाना खाइरहेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेका थिए । कोरोना भाईरसको संक्रमण फैलन नदिन जिल्लालाई निषेधाज्ञा जारी गरिएको छ तर, यही समयमा अपराधिक घटनासमेत भैरहेको छ ।

घटनाको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले घोर भत्सर्ना गरेका छन् । उनले ट्वीट गर्दे दोषीलाई अबिलम्ब पक्राउ गरी कडा कारवाही गर्न सरकारसंग माग गरेका छन् । यसैगरी राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन केन्द्रिय कार्य समितिले एक विज्ञप्ति निकाल्दै उक्त घटनाको अबिलम्ब छानविन गरि दोषीलाई कार्वाहिको माग समेत गरेको छ ।उक्त संगठनका अध्यक्ष प्रकाश रिमालले यसरी धार्मिक गुरु तथा धार्मिक क्षेत्र माथीको आक्रमणले हिन्दुत्व कम्जोर पार्ने षड्यन्त्र भएको समेत जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *