मालीका राष्ट्रपतिलाई विनाशर्त मुक्तगर्न राष्ट्रंघीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रंघीय महासचिव एन्टोनियो गुटर्रेसले मालीका राष्ट्रपति इब्राहिम बौबाकर केयटालाई तुरुन्त रिहा गर्न आग्रह गरेका चान छ । उनलाई मालीको सेनाले नियन्त्रणमा राखेको बताएको छ । उनले भने सो नियन्त्रणबाटै आफूले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका छन ।

सेनाको नियन्त्रणमा राखिएका उनलाई जतिसक्दो चाँडो र विना शर्त मुक्त गर्न महासचिव गुटर्रेसले माग गर्नुभएको महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

महासचिव गुटर्रेसले मालीको सेनाले उठाएको कदम पनि संविधान विपरीत भएको बताएका छन । सो विज्ञप्तिमा मालीको सेनालाई यस्तो गैर संवैधानिक कदमलाई तुरुन्त फिर्ता गर्न र त्यहाँका राष्ट्रपतिलाई सेनाको नियन्त्रणबाट मुक्त गर्न भनिएको छ ।
उता राष्ट्रपति इब्राहिम बौबाकरले भने मुलुकमा रक्तपात हुन नदिनका लागि आफूले राजीनामा दिएको बताएका छन । अल जजिराद्वारा प्रेषित समाचारमा सो कुरा उल्लेख गरिएको छ ।

महासचिव गुटर्रेसले राष्ट्रपति सँगसगै सैन्य नियन्त्रणमा पर्नु भएका मालीका प्रधानमन्त्री बौबौ किसलाई पनि विनासर्त मुक्त गर्न माग गरेका छन । अन्य क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संगठन र केही देशले पनि मालीमा भएको सैन्य विद्रोहप्रति चिन्ता व्यक्त गर्दै संवैधानिक व्यवस्थाको पुनर्बहालीका लागि आग्रह गरेका छन् ।

त्यहाँको पछिल्लो अवस्थाको बारेमा भने कुनै समाचार आएको छैन । सेनाले अहिले पनि त्यहाँका नेताहरुलाई आफ्नो नियन्त्रणमा राखिरहेको समाचारमा जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *