USAID

मालीमा सैन्य बिद्रोह, राष्ट्रपति र प्रधानमन्त्री सेनाको नियन्त्रणमा


माली । युद्धगस्त अफ्रिकी मुलुक मालीमा ‘सैन्य कू’ को प्रयास भएको छ । बिद्रोही सेनाले राष्ट्रपति र प्रधानमन्त्रीलाई बन्धक बनाएका छन्।

राष्ट्रपति इब्राहिम बोउबाकार केइता र प्रधानमन्त्री बोउबोउ सिसेसहित शीर्ष अधिकारीलाई सुरक्षाकर्मीले राजधानी बामाको नजिकै रहेको सैन्य क्याम्पमा बन्धक बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

मालीका सैनिकमा पारिश्रमिकलाई लिएर लामो समयदेखि असन्तुष्टि कायम रहेको छ । यस्तै बिद्रोहीसँग लगातार बढ्दै गएको हिंसा तथा राष्ट्रपतिसँग सेनाका अधिकारी असन्तुष्ट छन ।
सैनिकले मंगलबार आदेश मान्न अस्वीकार गरी राष्ट्रपति, प्रधानमन्त्रीसहितलाई नियन्त्रणमा लिएको घटनाको अन्तर्राष्ट्रिय स्तरमा आलोचना भएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *