सप्तरीमा कोरोनासँग मिल्दो लक्षण देखिएका युवकको मृत्यु

सप्तरी । सप्तरीमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका एक युवकको मंगलबार मृत्यु भएको छ ।

ज्वरो र श्वास फेर्न समस्या भएपछि उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लागिएका राजविराज नगरपालिका-४ का २८ वर्षीय युवकको उपचारको क्रममा मृत्यु भएको हो ।

मृतकको शवलाई राजविराजमा ल्याएर स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *