हेटौँडा । डिउटीमा रहेका प्रहरीलाई हतियार प्रहार गरी घाईते बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हेटौँडा–६ का भक्तराम राउत, उत्सव गौतम र नकुल विक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
उनीहरुलाई हेटौँडा–६ चौघडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक डम्बरबहादुर केसीलाई धारिलो खुकुरी प्रहार गरेको आरोपमा गए राति पक्राउ गरिएको हो ।