नागार्जुन नगरपालिकाको ४ नं. वडा ‘शिल’

काठमाडाैँ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस पछिल्लो समयमा नेपालमा फैलिदै गएको छ । तराईका जिल्लाहरुमा फैलिएसँगै सतर्कता अपनाउन आह्वान भए पनि एक स्थानबाट अर्को स्थानमा आवतजावत गर्ने क्रम नरोकिएपछि उपत्यकामा डरलाग्दोरुपमा फैलिएको हो ।

यसरी सामाजिकरुपमा संक्रमण फैलिएपछि देशभरका विभिन्न शहरहरुमा निश्चित एरिया तोकेर शिल गर्न थालिएको छ । उपत्यकाका विभिन्न स्थान शिल हुने क्रम बढ्दै गर्दा नागार्जुन नगरपालिका स्थित वडा नं.–४ शिल गर्ने तयारी भएको छ ।

उक्त क्षेत्रमा सोमबारसम्म कोरोना परिक्षण गरिएका मध्ये १२ जनामा संक्रमण पुष्टि भएपछि तत्काल उक्त वडा शिल गर्नका लागि नगरलाई दबाव दिइएको स्थानीय समाजसेवी बावुराजा महर्जन बताउँछन् । उक्त क्षेत्र तत्काल शिल नगरिए स्थिति भयावह हुने भन्दै स्थानीयबासी आक्रोसित भएका छन् । उक्त क्षेत्र देशका विभिन्न स्थानबाट सामान ल्याउने र पठाउने ट्रान्सपोर्ट लाइन रहेकोले पनि संक्रमण फैलिएको हुन सक्ने अनुमान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *