केहीबेरमा एसईईको परीक्षाफल प्रकाशित हुँदै

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको परीक्षाफल केहीबेरमा प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डको अहिले बैठक जारी छ । बिहान ९ बजेदेखि दिउँसोभर रुजु र डमी कपि हेरेका बोर्डका सदस्यले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

परीक्षा नियन्त्रण कार्यालय (एसईई)ले करिब एक साताअघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसँग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको थियो ।

परीक्षाफल प्रकाशित भएपनि १५ गतेसम्म भर्ना गर्न पाइने छैन । सरकारको निर्देशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्ने बताइएको छ ।

त्रुटि सच्च्याउन विद्यार्थीलाई परीक्ष नियन्त्रण कार्यालय जानुपर्ने व्यवस्था हटाइएको । विद्यार्थीले ३५ दिनभित्र अनलाइनमा फारम भरेर इकाइमा बुझाएपछि इकाइले नै त्रुटि सच्याएर विद्यालयमा पु¥याउने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *