काठमाडौं उपत्यकामा मात्रै १७२ जना संक्रमित थपिए

काठमाडौं । पछिल्लाे २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय ७२ जनामा कोरोना संक्रमित थपिएका छन् ।काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

संक्रमित कुन ठाउँका हुन् भन्ने खुलाईएको छैन । पछिल्लो २४ घण्टामा देशभरमा ६४१ जना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १ सय ७२ जना संक्रमित थपिएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २ सय २१ रहेको छ । जसमध्ये आइसोलेसनमा रहनेहरु ८ हजार ७ य २४ जना बसिरहेका छन् भने ४ सय ९७ जना होम आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ सय ४३ जना कोरोना संक्रमणबाट मुक्त भएर घर फर्किएका छन् । हालसम्म १७ हजार ३ सय ३५ जना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

देशभरका क्वारेन्टिनमा १५ हजार २४३ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *