USAID

कोरोनाका ४६८ संक्रमित थपिए, १२४ जना डिस्चार्ज

  • 7
    Shares

काठमाडौ । पछिल्लो २४ घण्टामा नेपाल मा ४ सय ६८ कोरोनाका संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पत्रकारसम्मेलनमा शनिबार ४ सय ६८ जनामा पोजेटिभ देखिएको जनाएका छन ।

शनिबार थपिएका सहित संक्रमित संख्या २६ हजार १९ पुगेको छ । सवैभन्दा बढी संक्रमित आज पनि काठमाडौंमै थपिएका छन । काठमाडौँ उपत्यकामा थपिएका ९८ जनामध्ये काठमाडाैँमा ८० जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ललितपुर र भक्तपुरमा भने ९–९ जना संक्रमित थपिएका छन् ।

यस्तै २४ घण्टामा १ सय २४ संक्रमित निको भएका छन । यो सँगै निको हुनेको संख्या १७ हजार २ सय एक पुगेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ८ हजार १ सय ९३ रहेको छ । नेपालमा कोरोना निको हुनको प्रतिशत ६६.१ रहेको छ ।

२४ घण्टामा थप तीन जनाको मृत्यु भएपछि नेपालमा मृत्यु हुनेको संख्या १ सय २ पुगेकाे छ । मन्त्रालयका अनुसार पछिल्ला तीन जनामध्ये कपिलपस्तु, धनुषा र पर्सामा एक–एक जनाको मृत्यु भएको हाे ।

शनिबार एघार हजार ४७ जनाको पीसीआर परीक्षण गरिएकाे थियाे । ३७ प्रयोगशालाबाट अहिलेसम्म नेपालमा पाँच लाख ६ हजार ६० जनाको पीसीआर परीक्षण गरिएको छ ।


  • 7
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *