लिदी पहिराेबाट निकालिएका ११ शवको पहिचान खुल्यो

सिन्धुपाल्चोक । जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरामा परी मृत्यु भएका ११ जनाको पहिचान भएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा पुरुष दुई, महिला चार र बालबालिका पाँच जना छन् । पहिरामा परेका २७ अझै बेपत्ता छन् । मृत्यु हुनेमा पिर्ती दोङ, धनमाया दोङ, टीकामाया दोङ, छिरिङ दोङ, जिताइ झाँक्री, मिलन दोङ, सानू दोङ, जयबहादुर दोङ, दावाल्हामु दोङ, तारल्हमो दोङ र रिमेक्स दोङ रहेका छन् । हिजो शुक्रबार नै उनीहरुको शव पहिरोबाट निकालिए पनि अनुहार चिन्न नसकिने अवस्थामा रहेकोले सनाखत हुन सकेको थिएन ।

आज बिहानैबाट सेना प्रहरी र स्थानीयले पहिरामा पुरिएकाको खोजी गरिरहेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । खोजीका लागि प्रहरी, सशस्त्र प्रहरी, सेनाका गरी ५५ जनाको टोली खटिएको पनि ढकालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *