थप एक कोरोना संक्रमितको मृत्यु

जनकपुर। धनुषामा एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको जनकनन्दनी गाउँपालिका –४ का ५० वर्षीय पुरुष रहेका छन ।

श्वास प्रश्वासमा समस्या देखिएका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याइएको थियो । तर, यहाँबाट बिहीबार काठमाडौं रेफर गर्दा उनको बाटोमा नै मृत्यु भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *