टिचिङ अस्पतालका सेवा अनिश्चित कालका लागि बन्द

काठमाडौँ । सम्भावित कोरोनाको खतरालाई मध्यनजर गर्दै टिचिङ अस्पताल महाराजगञ्जले बिहीबार रातिदेखि लागू हुने गरि आफ्ना सेवा बन्द गरेको छ ।

अस्पतालमा कार्यरत स्वास्थयकर्मीमा काेराेनाकाे संक्रमण बढ्न थालेपछि स्वास्थ्यकर्मीहरूको सुरक्षालाई ध्यानमा राखी अत्यावश्यक सेवा बन्द गरेको अस्पतालले जानकारी दिएको छ ।

शिक्षण अस्पतालले ओपिडी, ईलेक्टिभ सर्जरी, इएचएस लगाएतका सेवा बन्द गरेको छ । अस्पतालले भर्ना भएका बिरामीबाहेक नयाँ आउने बिरामीलाई भर्ना नलिने भएको छ । वुधबार इमरजेन्सीमा कार्यरत ५ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको र विहिबार पनि थप स्वास्थ्यकर्मीमा संक्रमण देखिएपछि अस्पताल प्रशासनले उक्त निर्णय लिएको हो ।

बन्द गरिएका सेवाहरु अर्को सूचना जारी नभएसम्म सुचारु नहुने अस्पताल प्रशासनले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *