प्रधानमन्त्रीको आयोध्यापुरीसम्बन्धी परियोजनाले नेपाली भूमी फिर्ता ल्याउन समस्याः कांग्रेस प्रवक्ता शर्मा

काठमाडौं। अयोध्यापुरीमा राम मन्दिर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको निर्देशनको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आलोचना गरेका छन् । उनले सामाजिक सञ्जाल ट्विटमार्फत चितवनमा “भक्त चेपाङको घर जलाउने अनि भगवान रामको मन्दिर बनाउने” भन्दै आलोचना गरेका हुन् ।

“द्वन्द्वान्तमक भौतिकवादको यो कस्तो अवतार”, उनले ट्वीट गर्दै प्रश्न गरेका छन्, “यस्तो कर्मले प्रसन्न हुनुहोला भगवान राम कि घर जलेका भक्तले क्षमा देलान् ?”

यस्ता कर्मले कार्ल मार्क्स आत्मालाई शान्ति नमिल्ने टिप्पणी गर्दै उनले यसले नेपाली भूमि लिम्पियाधुरा फिर्ता ल्याउने मिसनमा बल नपुग्ने पनि औंल्याएका छन् ।

प्रधानमन्त्री ओलीले चिवतनको माडी नगरपालिकाका जनप्रतिनिधिमण्डललाई अयोध्यापुरीमा राम मन्दिर बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न हिजो शनिबार निर्देशन दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *