३ सय ८० कोरोना संक्रमित थपिए, ४० डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका ३७ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ८० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन् ।

योसँगै नेपालका कोरोना संक्रमितको कुल संख्या २२ हजार ९ सय ७२ पुगेको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ४४ रहेकाे छ । पर्सा, राैतहट, महाेत्तरी र काठमाडाैंमा सक्रिय संक्रमितहरू रहेका गाैतमले बताए ।

पछिल्लो २४ घण्टामा थप ४० जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । हालसम्म संक्रमणमुक्त हुने संख्या १६ हजार ३ सय ५३ पुगेको छ ।

हाल नेपाल अधिराज्यभर ११ हजार ३८ जना क्वारेन्टिनमा रहेका छन् । हाल खाेटाङ, धनकुटा, संखुवासभा, मनाङ, मुस्ताङ, डाेल्पा र हुम्ला गरी सात जिल्ला काेराेनामुक्त भएका छन् ।

नेपालमा मृत्यु भएकामध्ये ७५ जनामा काेराेना पुष्टि भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *