कोरोनाका ३७८ संक्रमित थपिए, ४९९ डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा ७ हजार ७ सय ८८ पिसिआर परिक्षण गर्दा थप ४ सय ६४ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन् ।

पछिल्लो २४ घण्टामा थप ४ सय ९९ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या १६ हजार ३ सय १३ पुगेको छ ।
प्रवक्ता गौतमका अनुसार अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार २ सय ६ रहेको छ ।


हालसम्म नेपालमा ४ लाख ३५ हजार २ सय ८९ जनाको पिसिआर विधिबाट परिक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *