लोक गायक प्रेमराजा महत दम्पती कोरोना संक्रमित

काठमाडाैँ । वरिष्ठ लोकगायक प्रेमराजा महत र उनकी श्रीमती कविता केसी महत कोरोना भाइरसबाट संक्रमित भएका छन् । अमेरिकाको मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि नेपाल सरकारको महावाणिज्यदूत समेत रहेका महतले आफु र श्रीमतीलाई कोरोना सक्रमणले आक्रमण गरेको उल्लेख गरेका छन् ।

सामाजिक सन्जालमार्फत “समुदायका सम्पुर्ण दिदीबैनी दाजुभाई तथा ईष्टमित्रहरूमा हार्दिक अपिल” भन्दै आफू र श्रीमतीलाई कोरोनाले संक्रमित पारेको जानकारी दिएका हुन । उनले भने– “ध्यान राख्दा राख्दै पनि दुर्भाग्यबस हाम्रो श्रीमान श्रीमती पनि यसबाट बच्न सकेनौँ ।” छोरा डा. सरगम महतको रेखदेखमा महत दम्पती छुट्टाछुटै कोठामा आइसोलसनमा बसेका छन् ।

“समयमै सतर्कता अपनाएनौँ भने विश्व महामारी कोरोनाले हामी कसैलाई पनि अछुतो बनाऊने वाला छैन” भनेर उनले सबैलाई सचेत रहन आग्रह गरेका छन् । कोरोनाको संक्रमण देखिए लाजशर्म नमानिकन खुलस्तरुपमा समुदायलाई सुसुचित गर्न अनुरोधसमेत गरेका छन् । कोरोना संक्रमितको ईमान्दारिताले देश, समुदाय, स्वास्थ्यकर्मी र विश्व स्वास्थ्य संगठनप्रति सहयोग पुग्न जाने पनि उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *