स्कुटरको ठक्करबाट महिलाको मृत्यु

भक्तपुर । चाँगुनारायणबाट भक्तपुरतर्फ आउँदै गरेको प्रदेश ३–०२–०१५ प ७२६५ नंको स्कुटरले भक्तपुर नगरपालिका १० भक्तपुर–चाँगु सडक वान्टीमा ठक्कर दिँदा पैदलयात्रीको आज मृत्यु भएको छ । स्कुटरको ठक्करबाट भनपा–२ भोलाछे बस्ने ४१ वर्षीया सुन्दरी सुवालको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

स्कुटरले उनलाई हिजो दिउँसो करिब २ः२० बजे ठक्कर दिएको थियो । प्रहरीले घाइतेलाई उपचारका लागि भक्तपुर अस्पताल लगेकामा त्यहाँ उपचार हुन नसकेपछि वीर अस्पताल ट्रमा सेन्टर पठाइएको र त्यहाँ पनि उपचार हुन नसकेपछि राती न्यूरो अस्पताल बाँसबारी पठाइएकोमा उपचारकै क्रममा आज बिहान ८ बजे मृत्यु भएको प्रनाउ गिरीले जानकारी दिए । प्रहरीले स्कुटर चालक चाँगुनारायण न.पा–६ छालिङका २२ वर्षीय आशीष कार्कीलाई पक्राउ गरी अनुसन्धान शुरु गरिएको जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *