दक्षिण कोरिणमा भीषण बाढी पहिरो, १५ जनाको मृत्यु

सोल । दक्षिण कोरियामा लगातार परेको भीषण वर्षपछि आएको भयावह बाढी र पहिरोका कारण कम्तिमा १५ जनाको ज्यान जानुका साथै अन्य १ हजार ५ सयभन्दा बढिले आफ्ना घर छाडेर अन्यत्र सुरक्षित गन्तव्यमा जान बाध्य भएको सरकारी संचार माध्यमले बुधवार जनाएका छन् ।

प्रधानमन्त्री चुँग साइ क्युनले दुईवटा क्षेत्र गिओन्ग्गी र चुन्गचियोंगलाई दैवी प्रकोपग्रस्त घोषित गरेका छन् । सात वर्षपछि पहिलो पटक दक्षिण कोरियामा लगातार ४२ दिन पानी परेको हो ।

व्याप्त कोरोना भाइरस महामारीको कारण उद्धार कार्यमा कठिनाइ भइरहेको सरकारी प्रवक्ताले बताएका छन् । बाढी पहिरो पिडितहरुलाई एकै स्थानमा आश्रय दिइएकाले फेरि कोभिड १९ अझै फैलिन सक्ने सन्त्रास पनि फैलिएको छ ।

आन्तरिक मामिला मन्त्रालयले विस्थापित पिडितहरुलाई विशेष गरी जिम हल र सामुदायिक केन्द्रहरूमा सामाजिक दूरीलाई अनिवार्यरुपमा पालना गराई अस्थायी वसोवासको व्यवस्था गर्ने काम भइरहेको जानकारी दिएको छ । करिव १ हजार ३ सयवटा घर डुवानमा वा पहिरामा पुरिएको सुरक्षाकर्मिहरुको भनाइृ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *