नक्कली नोटसहित एक जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ३१ शान्तिनगर नोगेन्द्र कान्छा चोकबाट १ हजार दरको नक्कली नेपाली नोट १० थानसहित स्याङजा चापाकोट नगरपालिका ५ घर भई शान्तिनगर बस्ने ३८ वर्षीय नारायण पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

पौडेलको सुबिधा स्टेशनरीभित्र नक्कली नोट फोटोकपी गरी प्रयोगमा ल्याउने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बानेश्वरबाट अनुसन्धानमा खटिएको प्रहरीले उनलाई फोटोकपी गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । स्टेशनरीबाट कलर प्रिन्टर १ थान, सक्कली एक हजार दरको नोट १० थानसमेत प्रहरीले बरामद गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *