चीनको आफ्नै नेभिगेसन स्याटलाइट सिस्टम सञ्चालनमा

बेइजिंग । चीनका राष्ट्रपति सी चिन फिङ्गले स्वदेशी बेइदोउ नेभिगेसन स्याटलाइट सिस्टमको आधिकारिक सुरुवात गरेका छन् । यो प्रणालीले अमेरिकी ग्लोबल पोजिसनिंग सिस्टम (जीपीएस)लाई टक्कर दिन सक्ने बताइएको छ । चीनको स्वदेशी जीपीएस प्रक्षेपण हुनुले उसको भू–राजनितिक तथा सैन्य क्षमता तीब्र बढ्ने अनुमान गरिएको छ ।

चीनको सत्तारुढ कम्युनिस्ट पार्टी तथा जनमुक्ति सेनाका नेता सीले बेइजिंग स्थित ग्रेट हल अफ द पिपुलमा एक समारोहबीच बेइदोउ नेभिगेसन स्याटलाइट सिस्टमको आधिकारिक सुरुवात गरेका थिए ।

यसअघि उक्त नेभिगेसन स्याटलाइट सिस्टमका लागि जुन २३ मा प्रक्षेपित ५५ औं तथा अन्तिम उपग्रहले सबै परीक्षणपछि काम गर्न शुरु गरेको घोषणा गरिएको थियो ।

यी उपग्रह बेइदोउ नेभिगेसन स्याटलाइट सिस्टमका हिस्सा हुन जसलाई बीडीएस ३ का रुपमा चिनिन्छ । यसअन्तर्गत सन् २०१८ मा चीनको महत्वाकांक्षी बेल्ट एन्ड रोड परियोजनामा सहभागी देशहरुलाई नेभिगेसन सेवा उपलब्ध गराउन थालिएको थियो । यो प्रणालीले अत्यन्त सटिकतका साथ नेभिगेसनमा सहायता प्रदान गर्छ ।

चीनले आफु अन्य उपग्रह नेभिगेसन प्रणालीसँग सहयोग गर्न चाहेको बताएको छ तर बेइदोउको प्रतिस्पर्धा अमेरिकी जीपीएस, रुसको जीएलओएनएएसएस र युरोपेली संघको ग्यालिलिया नेटवर्कसँग हुन सक्छ । यसबाट चीनको मुख्य लाभ भनेको चीनले आफ्ना क्षेप्यास्त्र निर्देशित गर्नका लागि जीपीएसका बदला आफ्नै नेभिगेसन प्रणालीको प्रयोग गर्न सक्छ । चीनको यो उपलब्धी अमेरिकासँग बढ्दो तनावलाई हेरेर महत्वपुर्ण मानिएको छ ।

चीनले बेइदाउ नेभिगेसन स्याटलाइट प्रणालीका लागि सन् २०००मा उपग्रह प्रक्षेपण गरिएको थियो । तर यो प्रणालीले चीन मै मात्र स्याटलाइट नेभिगेसनको सुविधा प्रदान गर्न सक्थ्यो । तर सन् २०१२ मा चीनले यसको विस्तार एसिया प्रशान्त क्षेत्रमा जीपीएस सेवा दिनका लागि प्रयोग गर्यो ।

वेइदाउ सक्रिय भएपछि चीनलाई अमेरिकी जीपीएसको उपयोगको आवश्यक हुने छैन । यो चिनियाँ जीपीएस स्मार्टफोन, ड्राइभरलेस गाडी, विमान तथा पानी जहाजलाई पनि सहायता प्रदान गर्नेछ । यसले चीनको महत्वाकांक्षी चकललेस हाइस्पिड रेललाई पनि मार्गदर्श गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *