उत्तर प्रदेशमा कोरोना सक्रमण नियन्त्रण बाहिर, उपचार नपाएर मर्नेको सख्या बढ्यो

लखनौऊ । भारतको उत्तर प्रदेशको राजधानी लखनौऊमा कोरोना सक्रमण नियन्त्रण भन्दा बाहिर गएको छ । अहिले त्यहा कोरोना सक्रमितको सख्या दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको छ । अहिले लखनौऊका सबै अस्पताल कोरोना सक्रमितले भरिएका छन भने कोरोना सक्रमित बिरामीको उपचार अभावमा मृत्यु हुन थालेको छ ।
अस्पतालमा बेडको अभावका कारण मृत्युहुनेको सख्या दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको छ । बुधबार अकित नाम गरेका एक युवाको अस्पताल अभावका कारण मृत्यु भएको छ ।
कोरोना सक्रमणबाट ग्रसित भएका अकितलाई अस्पताल लगिएपनि अस्पतालका चिकित्सकले फर्केर पनि नहेरेको कारण मृत्यु भएको अकितका भाई बब्लुले सचारकर्मीहलाई बताएका छन । बब्लुले सवाददाता भने यदी मेरो दाईले समयमा उपचार पाएको भए मर्ने थिएनन होला तर चिकित्सकले एक पटक पनि नहेरेको कारण उनले मृत्युबरण गरे ।
आफै एम्बुलेस चढेका अकितलाई लखनौऊमा रहेको बिभिन्न अस्पताल पुर्याएपनि कुनैपनि अस्पतालले भर्ना लिन नमानेपछि उनको निधन भएको आफन्तहरले बताएका छन । राती ९ बजेदेखि अस्पताल खोज्दा खोज्दै बिहान ५ बजे मात्रै अस्पतालले भर्ना लिएपनि उपचार नपाएको कारण अकितको मृत्यु भएको भाई बब्लुले बताएका छन ।
लखनौऊमा एकैदिन ८ हजारको हाराहारीमा कोरोना सक्रमित थपिएका छन भने ३ हजार ८ सय अस्पताल भर्ना भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *