लागूऔषधको आरोपमा पोखरेल पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका–८ का रामप्रसाद पोखरेललाई जिल्ला प्रहरी कार्यालयले आज सार्वजनिक गरेको छ । आइस नामक लागूऔषधको घरमा राखेको आरोपमा निजलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । करिब ५३० ग्राम रहेको सो लागूऔषधको मूल्य नेपाली बजारमा करोड भन्दा बढी रहेको उनले बताए ।

पक्राउ परेका पोखरेलले यो लागुऔषध भारतबाट मगाएको अनुसन्धानबाट खुलेको प्रहरीले बताए । विशेष सुराकीको आधारमा हिजो पोखरेललाई घरबाटै पक्राउ गरेको बताइएको छ । विदेशमा एक ग्रामको रु. नौ हजार ६०० मूल्य पर्ने यो लागूऔषधको नेपाली बजारमा रु. एक करोड भन्दा बढी रहेको उपरीक्षक खड्काको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *