USAID

प्रधानमन्त्री ओलीबिनाको नेकपा बैठकमा २९ स्थायी समिति सदस्य सहभागी


काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले एकपक्षीय रुपमा स्थायी समिति बैठक स्थगित गरे पनि बालुवाटार पुगेका समितिका बहुमत सदस्यहरु सम्मिलित बैठक सकिएको छ । अध्यक्ष ओली अनुपस्थित भएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बसेकाे थियाे ।

बैठकपछि पार्टीको प्रवक्ता नारायणकाजी श्रेष्ठले बालुवाटारमा बसेको बैठकले अहिले पार्टीभित्र देखिएको संकटको अवस्थालाई निकास दिन र ओलीसँग सहमति गर्न कार्यकारी अध्यक्ष प्रचण्डलाई जिम्मेवारी दिएको बताएका छन् । बैठकमा २९ स्थायी समिति सदस्य र दुई जना आमन्त्रित सदस्य सहभागी रहेको पनि उनले जानकारी दिए ।

अध्यक्ष ओलीले बैठक स्थगित गर्नु सही नभएकाले बैठक बसेको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले सोअनुसार ओली समूहलाई पनि बैठकमा सहभागी हुन आग्रह गरे पनि अस्वीकार गरिएको बताए । दुबै अध्यक्षबीच सहमति कायम गरेर अर्काे बैठकमा बोलाउनका लागि कार्यकारी अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको पनि उनले बताए ।

बालुवाटारमा मंगलबार बसेको बैठकमा पूर्वमाओवादी तर्फका गृहमन्त्री रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापा र लेखराज भट्ट सहभागी नभएको एक नेताले जानकारी दिए । नेकपाको ४४ सदस्यीय स्थायी कमिटीमा पुर्व माओवादीतर्फका १८ जना सदस्य छन् । तीमध्ये मंगलबारको बैठकमा ४ जना अनुपस्थित रहेका हुन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *