काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद

काठमाडौं । प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन बरामद भएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंको विशेष टोलीले अवैध रुपमा भित्र्याइएको सुन बरामद गरेको हो ।

प्रहरीको विशेष टोलीले बरामद गरेको सुन कस्को हो भन्ने अनुसन्धान गरिरहेको छ । सुनसँगै केही व्यक्तिलाई पक्राउ गरे पनि नाम सार्बजनिक भने गरेको छैन् । सुनसहित प्रहरीले हतियार पनि बरामद गरेको जनाएको छ ।

सुन बोक्ने गाडीको नम्बर पहिचान भएको तर मानिस पक्राउ पर्न नसकेको बताइएको छ । पहिचान भएको गाडी र मानिस खोज्न प्रहरी परिचालन गरिएको छ । आजको मूल्यअनुसार बरामद सुनको मूल्य १२ करोड ६३ लाख  बराबरको रहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *