USAID

नेकपा स्थायी समितिको बैठक अनिश्चितकालका लागि स्थगित


काठमाडौँ । आन्तरिक विवादको उत्पकर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

बिहान ११ बजेका लागि तय भएको स्थायी समितिकाे बैठक शीर्ष नेतहरुबीच सहमति जुट्न नसकेपछि अनिश्चितकालका लागि स्थगित गरिएको स्थायी कमिटी सदस्य बेदुराम भुषालले जानकारी दिए । भूषलले भने, ‘अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित भएको सूचना आएको छ ।’

पार्टीकाे प्रचार विभागका उपप्रमुख सूर्य थापाले पनि बैठक स्थगित भएकाे जानकारी दिएकाे छन् । उनले भने, पार्टीका दुई जना अध्यक्षकाबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालयकाे बैठककाे निर्णय र निर्देशनबमाेजिम प्रस्ताव तय गर्न बाँकी रहेकाे हुनाले, पार्टी स्थायी कमिटीकाे आज ११:०० बजे हुने भनिएकाे बैठक स्थगित गरिएकाे छ ।

बैठक स्थगित भएको सूचना स्थायी कमिटी सदस्यहरुलाई पठाइएको थियाे । केही नेताहरु बालुवाटार जाँदै थिए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *