काँग्रेसद्वारा पार्टी सदस्यका लागि प्रशिक्षण पुस्तिका सार्वजनिक

काठमाडौ । नेपाली काँग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आधारभूत प्रशिक्षण पुस्तिका तयार पारी प्रकाशनमा ल्याएको छ ।

हाल अनलाइन संस्करणमा सार्वजनिक भएको पुस्तिका छिट्टै छापा माध्यममार्फत पनि प्रकाशन गरिने प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा पुरुषोत्तम दाहालले जानकारी दिनुभयो । पुस्तिकामा काँग्रेसको प्रारम्भ, यसका आदर्श, सिद्धान्त, नीति, र कार्यक्रम, पार्टीको इतिहास र योगदान, पार्टी नेतृत्वको सरकारले प्राप्त गरेका उपलब्धि, आर्थिक–सामाजिक नीतिलगायत विषयमा जानकारी रहेको प्रतिष्ठानले जनाएको छ ।

यसैगरी पुस्तिकामा परराष्ट्र सम्बन्ध, कम्युनिष्ट नेतृत्वको सरकारको मूल्याङ्कन, साम्यवाद र लोकतन्त्रबीचको भिन्नता, कम्युनिष्ट पार्टी र अरु पार्टीसँग काँग्रेसबीच भिन्नता, आगामी दिनमा काँग्रेसले गर्ने र गर्नसक्ने योजना, आदि विषयहरु समावेश गरिएको छ ।

कार्यकारी निर्देशक दाहालले पुस्तिकामा पार्टीको विधान र प्रशिक्षणकला बारेसमेत अध्ययन सामग्री प्रस्तुत गरिएको हुँदा यसबाट पार्टी पंक्ति र जिज्ञासुले आवश्यक जानकारी लिन सक्ने विश्वास व्यक्त गर्नुभयो । प्रतिष्ठानले पार्टीका सदस्यहरुका लागि प्रशिक्षण यही पुस्तिकाको आधारमा गर्नुहुन पार्टीका सम्पूर्ण प्रशिक्षक तथा जिल्ला प्रशिक्षण शाखाहरुलाई समेत आग्रह गरेको । पुस्तिका www.nepalicongress.org भित्र गई Central Policy, Research and Training Academy मार्फत हेर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *