मंगलबार १५० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ हजार ९९४ पुग्यो

  • 8
    Shares

काठमाडौँ । मंगलबारर १८६ जना कोरोना भाइरस संक्रमणका नयाँ विरामीहरु भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मंगलबार थप १५० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९९४ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६०९ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ४७७ जना पुगेको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४० जना पुगेको छ । ७ वटा जिल्ला कोरोना मुक्त भएको छ ।


  • 8
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *