स्थायी कमिटी बैठकमा ओली गएनन् बैठक साउन १३ गतेसम्म स्थगित

काठमाडौं । चरम विबाद बीच आज मंगलबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बैठकले बाढी र पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्न नेता कार्यकर्तालाई आग्रह गरेको छ । तर उक्त बैठकमा भने अर्का अध्यक्ष एवं प्रधानमन्त्री के पी ओलीको उपस्थिति रहेको थिएन ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले बाढी पहिरोमा परेकाहरुको राहत र उद्धारमा जुट्ने प्रस्ताव समेत पास गरेको छ । साथै सरकारलाई पनि राहत र उद्धारमा कुनै कसर बाँकी नराखी जुट्न आग्रह समेत गरेको छ ।

स्थायी कमिटी बैठक अघि ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । बैठक साउन १३ गतेसम्मका लागि स्थगित गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *