USAID

श्रीमतीको हत्या गर्ने तत्कालीन डिआईजी कोइराला आजै जेल मुक्त

  • 10
    Shares

काठमाडौं । श्रीमतीको हत्या गरी सर्वस्वसहित जन्मकैद भएका सशस्त्र प्रहरी बलका तत्कालीन डिआईजी रञ्जनप्रसाद कोइरालाको जन्मकैद मिनाह गरी सात वर्षमा आज डिल्लीबजार खोरबाट छुटेका छन् । ‘श्रीमती गीता ढकाल कोइरालाको हत्या गरी प्रमाणसमेत नष्ट गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले तत्कालीन डिआईजी रञ्जनलाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

२०७१ वैशाख ७ गते ‘रञ्जन कोइरालाले नै श्रीमती गीता ढकालको हत्या गरेको’ ठहर गर्दै जिल्ला अदालत काठमाडौंले उनलाई जन्मकैद र उनको नाममा रहेको र भागमा पर्ने सम्पत्ति समेत जफत गरेको थियो । तर, फैसला उपर रञ्जन सन्तुष्ट नभएपछि तत्कालीन पुनरावेदन अदालत पाटनमा पुनाराबेदन गरेका थिए । पाटनले पनि २०७२ मंसिर २३ गते काठमाडौं जिल्ला अदालतकै फैसला सदर गरिदिएको थियो ।

पुनरावेदन अदालतको फैसला उपर रञ्जनले सर्वोच्च अदालत गुहार्न पुगे ।
त्यसपछि सर्वोच्च अदालतमा विभिन्न मितिमा विभिन्न न्यायाधीशले हेर्दै अगाडि बढेको रञ्जन कोइरालाको पुनरावेदन रिटमा सर्वोच्च अदालतले अन्तिम फैसला गएको असार १५ गते गर्न पुग्यो । सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला नै सदर गरेको देखिएपनि फैसलाको भित्री पाटोमा भने व्यापक परिवर्तन गरी सजायमा परिबर्तन गर्न पुगेको छ ।

असार १५ गते दैनिक सूचीमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले र अर्का न्यायाधीश तेजशादुर केसीको संयुक्त इजलाशमा उक्त मुद्दाको पेशी तोकियो । ‘अपराधी करार’ गरिएका व्यक्ति रञ्जनप्रसाद कोइरालाको कैद सजायमा व्यापक कटौती गर्दै न्यायाधीशको तजबिजी अधिकार प्रयोग गरेर ‘उपहार’ अपराधको सजायलाई घटाउने फैसला सुनाउने काम भएको थियो ।

सशस्त्र प्रहरी बलका तत्कालिन डिआइजी अर्थात् उच्चपदस्थ अधिकारी रहेका रञ्जनप्रसाद कोइरालालाई सरकारले नेशन डिफेन्स कोर्स अध्ययनका लागि २०६८ साल भदौ महिनामा चीनमा पठाएको थियो । तर उनी चीनमै रहेको समयमा नेपाल सरकार र आफ्नो संगठन सशस्त्र प्रहरीलाई समेत कुनै जानकारी नदिइ २०६८ पुषको २१ गते खुसुक्क नेपाल आएर घटना घटाएका थिए ।

नेपाल आएर रञ्जन ३ दिनसम्म प्रेमिका तारा रेग्मीसँगै बसेका थिए । पुष २६ गते रञ्जनकी प्रेमिका तारा मलेसिया जान्छिन् । यता, पुषको २७ गते रञ्जन श्रीमती गीता ढकाल कोइराला बस्ने गरेको बुढानिलकण्ठमा रहेको घरमा पुगेका थिए ।

रञ्जन र गीताको दुई सन्तान रहेका छन् । रञ्जन र गीताको सम्बन्धमा खटपट खटपटपछि रञ्जन जेठा छोरा आयुषलाई लिएर नागार्जुन नगरपालिकामा रहेको घरमा बस्थे भने गीता बुढानिलकण्ठस्थित आफ्नै नाममा रहेको घरमा कान्छो छोरा आर्यनसँग बस्ने गरेकी थिइन् ।
रञ्जन चीनबाट फर्केपछि कान्छो छोरासँग कुराकानी भएपछि रञ्जनले कान्छो छोरा आर्यनलाई लिनका लागि बुढानिलकण्ठस्थित गीता बस्ने गरेको घरमा गएका थिए ।

गीता बस्ने गरेको घरमा रञ्जन आफ्ना ड्राइभर र जेठो छोरा आयुषसँगै गएको देखिन्छ । त्यसपछि कान्छो छोरालाई लिएर फर्किएको देखिन्छ । र दुबै छोराहरुलाई टेनिस खेल्नका लागि हल्चोकमा छाडेर रञ्जन बाहिर निस्किन्छन् । रञ्जनको बयानलाई आधार मान्ने हो भने त्यही दिन दिउँसो गीताले रञ्जनलाई फोन गरी केही काम छ भनी बोलाइपछि गीता बस्ने गरेको घरमा गएको देखिन्छ । व्यापारका लागि भन्दै ५ लाख रकम मागेको र आफूले छैन भन्दा गीतासगँ हात हालाहालको अवस्था आएको’ रञ्जनको दाबी छ । आफूले धकेल्दा गीताको टाउको भित्तामा ठोक्किएको र त्यसपछि नउठेपछि हेर्दा गीताको मृत्यु भएको’ रञ्जनले सरकारी वकिलसमक्ष गरेको बयानमा उल्लेख छ ।

घटनालगत्तै गीताको मृत्यु भएपछि आफू आत्तिएको र गीताको शवलाई नष्ट गराउने र प्रमाण नष्ट गराउने क्रममा मकवानपुरको टिष्टुङमा लागि शव नष्ट गर्ने प्रयास गरेको उनले बताएका छन् । सरकारी वकिलसमक्ष रञ्जनले गरेको बयानमा ‘गीताको योजनावद्ध हत्या नभई भवितव्य मृत्यु वा आवेशप्रेरित मृत्यु भएको’ बयान दिएका थिए । सोही बयानलाई आधार मान्दै सर्बोच्चले सजायलाई कमी गरि जेल मुक्त गर्ने फैसला सुनाएको छ ।


  • 10
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *