ठूलो परिमाणमा नेपाली र भारतीय नक्कली नोटसहित तीन पक्राउ

बारा । बारा जिल्लाको महागढीमाइ नगरपालिका २ बरियापुरबाट ठूलो परिणाममा नक्कली नेपाली र भारतीय रुपयाँका नोटसहित तीन जनालाई पक्राउ गरिएको छ ।

उनीहरूका साथबाट नक्कली नेपाली रुपैयाँ १५ लाख ४४ हजार ४ सय र नक्कली भारतीय रुपैयाँ १ लाख ८३ हजार ६ सय ५० रुपैयाँ बरामद गरिएको ब्युरोले जनाएको छ । उनीहरुलाई पक्राउ गरी थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा बुझाइएको जनाइएको छ ।

लागूऔषध नियन्त्रण ब्युरोले चलाएको अपरेशनमा बरियापुरबाट पक्राउ परेका तीन लागूऔषध कारोबारीको साथमा नक्कली नोट बरामद भएको हो । पक्राउ पर्नेमा भारतको मोतिहारीका सुधिरकुमार कुशहवा, बाराका मनोज शाह तेली र नरेन्द्रप्रसाद कुशहवा छन् ।

उनीहरुलाई ना ५४ प ३८०५ नम्बरको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको थियो । विशेष सूचनाका आधारमा उनीहरुको शरीर तथा मोटरसाइकलमा रहेको प्लाष्टिकका बोराहरु खानतलासी गर्दा नक्कली नोटहरु बरामद भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *