अछाममा झगडा मिलाउन गएका प्रहरीमाथि ढुंगामुडा, दुई प्रहरी घाइते

अछाम । बुढीगंगा नगरपालिका–८ को बेलातमाण्डौ बजारमा भएको झगडा मिलाउन गएका प्रहरीमाथि ढुंगामुढा प्रहार हुँदा दुई प्रहरी घाइते भएका छन् । स्थानीय होटेल सञ्चालन पारस रावतलाई स्थानीय युवाहरुले कुटपिट गरेपछिको झगडा मिलाउने क्रममा रिठा प्रहरी चौकीका इन्चार्ज र एक प्रहरी जवान गरी घाइते भएका छन् ।

घाइते प्रहरीको अछामको बयालपाटा अस्पतालमा उपचार भइरहको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेलातमाण्डौमा होटेल सञ्चालक पारस रावतलाई कुटपिट गरेर फरार भएका बुढीगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भुवनसिंह केसीका छोरा दीपीप केसीसहितको समूहलाई प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरीमाथि आक्रमण भएको बाजुराका प्रहरी नायब उपरीक्षक टंकप्रसाद भट्टराईले जानकारी दिए। ।

प्रहरीलाई नै आक्रमण भएपछि जिल्ला प्रहरी कार्यालयबाट इनिस्पेक्टरको कमाण्डमा शुक्रबार राति १२ बजे नै घटना स्थलमा टोली खटाइ खोजी कार्य शुरु गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *